Section 13
नेपाल पानी जहाज कार्यालयमा रहने अन्य किताबहरु
नेपाल पानी जहाज कार्यालयमा पानी
जहाजको दर्ता किताबको अतिरिक्त देहायका किताबहरु समेत रहनेछन्ः–
(क) कुनै खास पानी जहाजको दर्ताको सम्बन्धमा परेका दरखास्त, उजूरी तथा
बिरोधहरुलाई प्राप्त भए अनुसार सूचीमा चढाई राख्नको निमित्त मुख्य किताबसंग
संलग्न एउटा पुस्तिका,
(ख) पानी जहाज दर्ता गरिएको दर्ता किताब र त्यसमा समाविष्ट भागसमेत उल्लेख
गरी पानी जहाजहरुको वर्णानुक्रम अनुसार तयार गरिएको एउटा सूची, र
(ग) पानी जहाजमा हक लाग्ने व्यक्ति वा संगठित संस्थाको नाम जनाइएको दर्ता
किताब र त्यसमा समाविष्ट भाग समेत उल्लेख गरी त्यस्ता व्यक्ति वा
संस्थाहरुको वर्णानुक्रम अनुसार तयार गरिएको एउटा सूची ।